ad ad

कारोबार


पेट्रोलमा ४ र डिजल-मट्टितेलमा ३ रुपैयाँ मूल्य बढ्यो, अब कति?

पेट्रोलमा ४ र डिजल-मट्टितेलमा ३ रुपैयाँ मूल्य बढ्यो, अब कति?

नेपालखबर
भदौ १४, २०८० बिहिबार २०:५७, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो। 

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ। 

काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेलमा प्रतिलिटर १७० पुगेको छ। 

यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजे/मट्टितेल १६७ रुपैयाँ थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .