सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ६५ तोकिएको महासंघले जनाएको छ। रासस
18
Shares
प्रतिक्रिया