ad ad

कारोबार


नेपाल एयरलाइन्सले थाल्यो काठमाडौं-दमाम सिधा उडान

नेपाल एयरलाइन्सले थाल्यो काठमाडौं-दमाम सिधा उडान

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८० बिहिबार १६:५९, काठमाडौँ

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ।

राष्ट्रिय ध्वजावाहक निगमले यही बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाममा सिधा उडान सुरु गरेको हो। 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौंबाट राति १०ः४० बजे पहिलो उडान भरिएको हो।

पहिलो उडानमा काठमाडौंबाट १२६ जना यात्रु गृका थिए। दमामबाट फर्कँदा ११७ जना यात्रु सवार थिए। 

‘काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्छ। बजारको मागअनुसार उडान संख्या थप गर्दै लैजाने योजना छ,’ प्रवक्ता पैडेलले बताए। 

अहिले नेपाल एयरलाइन्सको टिकट सिधै निगमको वेवसाइट वा ट्राभल एजेन्सीबाट काट्न सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .