ad ad

कारोबार


असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै उद्योग समिति

असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै उद्योग समिति

फाइल फोटो


नेपालखबर
असोज ४, २०८० बिहिबार १६:३८, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ।

बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो। समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश, स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताए।

उनले बजार अनगमन नेपाल सरकारका सम्बन्धित निकायहरु,केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताए। उनले समितिले अनुगमनको लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताए।

सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारिक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका शहरहरुमा अनुगमन गर्ने उल्लेख गरे। उनले काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने बताए। उनले अनुगमन उपसमितिले सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताए।

उनले भने, ‘सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल गर्नेछ। जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा अनुगमन गरिनेछ। चाडपर्व लक्षित मूल्यवृद्धि, कालोबजारी, मिसावट र कृत्रिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने छ। अनुगमनको सुरुवात धनगढीबाट सुरु गरिनेछ।’

उनले चाडपर्व लक्षित मूल्य वृद्धि,कालोबजारी,मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .