ad ad

कारोबार


राष्ट्र बैंकद्वारा मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकद्वारा मोहर डिजिटलको अनुमतिपत्र खारेज

नेपालखबर
असोज ८, २०८० सोमबार १६:६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ।

राष्ट्र बैंकबाट २०७६ असोज २० गते अनुमति पाई भुक्तानी सेवा प्रदायको रुपमा कार्य गर्दै आएको मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको हो।

राष्ट्र बैंकले भुक्तानी तथा फर्चोट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेको देखिएकोले भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्था बमोजिम संस्थाको अनुमति पत्र खारेजी गरिएको जनाएको छ।

भुक्तानी तथा फर्चोट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) मा राष्ट्र बैंकको निर्देशन पालना नगरे र ९ज०मा निर्देशन र आदेश विपरित कुनै कार्य गरे अनुमतिपत्र खारेज गरिने उल्लेख छ।

राष्ट्र बैंकले मोहर डिजिटलले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धीत संस्थामा सम्पर्क गर्न भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .