ad ad

कारोबार


५.९८ अंकले घट्यो नेप्से

५.९८ अंकले घट्यो नेप्से

नेपालखबर
असोज ८, २०८० सोमबार १६:८, काठमाडौँ

साताको दोस्रो कारोबार दिन सेयरबजार ५.९८ अंकले घटेको छ। आज बजार ५.९८ अंकले घटेर २००४.४५ विन्दुमा अडिएको हो। बजार घटेसँगै कारोबार समेत खुम्चिएको छ। 

आज नेप्सेमा १ अर्ब ५६ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब २२ करोडको कारोबार भएको थियो। 

घटेको बजामर ९३ कम्पनीको सेयरमूल्य घटेको छ भने १३० कम्पनीको बढेको छ। त्यसैगरी १० कम्पनीको स्थिर नै देखिएको छ। 

नेप्सेमा माइखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शुभम पावर कम्पनी र थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

सन नेपाल लाइफ कम्पनीको सर्वाधिक कारोबार भएको छ। आज सन नेपाल लाइफको ७ करोड ६८ लाखको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .