ad ad

कारोबार


मुगुमा समिटले छाडेका चिकित्सकका लागि मन्त्री किराँतीले पठाए निगमको जहाज

मुगुमा समिटले छाडेका चिकित्सकका लागि मन्त्री किराँतीले पठाए निगमको जहाज

जहाजको तस्बिर मन्त्री किराँतीको फेसबुकबाट


नेपालखबर
असोज ९, २०८० मंगलबार ११:१७, काठमाडौँ

मुगुस्थित ताल्चा विमानस्थलमा समिट एयरको जहाजले छाडेका डाक्टरहरूलाई गन्तव्यमा पुर्‍याउन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका अनुसार ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूलाई गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको हो। 

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो’, जहाजको तस्बिरसहित मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

पहिला टिकट बुकिङ गरेका डाक्टरको समूहलाई छाडेर समिट एयरको जहाजले  मंगलबार बिहान माओवादीका नेताहरूलाई नेपालगन्ज लगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .