ad ad

कारोबार


सेयर बजार ओभर करेक्सन हुँदा सेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार गलत : खतिवडा

सेयर बजार ओभर करेक्सन हुँदा सेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार गलत : खतिवडा

नेपालखबर
असोज ९, २०८० मंगलबार १९:५४, काठमाडौँ

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार ओभर करेक्सन हुँदा सेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताएका छन्।

मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।

उनले भने, ‘३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम थियो। ओभर हिटेड भयो बजार भनेर मैले पनि भनेको हो। जब बजार ओभर करेक्सन भयो भने पनि जोखिम भार १५० राखि राख्नुपर्छ? त्यो साइकलिङको कुरा हो। जुन बेला शेयर बजार माथि जान्छ त्यो बेला जोखिमको प्रवन्ध गर्ने हो। काउन्टर साइकलिङ मेजर भनेको राष्ट्र बैंक पनि त्यही हो। जुन बेला बुम हुन्छ त्यो बेला काउन्टर साइकलिङ मेजर लगाउने हो। अर्थतन्त्र मन्दीमा छ केको काउन्टर साइकलिङ मेजर?’

राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताए। पूर्वअर्थमन्त्री खतिवडाले स्वयत्त संस्थाको अधिकारमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्नु उपयुक्त नभएको बताए। उनले आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्णक सबैले काम गर्दा अर्थमन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने बताए।

उनले भने, ‘अर्काको अधिकारमा हस्तक्षेप गर्ने कुरामा अर्थमन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई गर्नु कुरा उपयुक्त होइनन्। आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्णक गरौंन। बाँकी कुराहरु हुँदै जान्छन्। न त राष्ट्र बैंकले धितोपत्र बजारको हस्तक्षेप गर्नुपर्छ।’

अहिले बैंकहरुले दुई प्रतिशत मात्रै धितो कर्जा बजारमा लगाई दिँदा ३० देखि ४० अर्ब बजारमा जाने बजार चलायमान हुने बताए। राष्ट्र बैंकले एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने तर १२ करोड कसैले लगानी गर्यो भने त्यहाँ जोखिम देख्ने गरेको टिप्पणी गरे। उनले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नकिएको बताए।

उनले भने, ‘म आफै राष्ट्र बैंकको गभर्नर थिएँ। दुई प्रतिशत भन्दा धितो कर्जा बैंकले दिनुहुन्न भनेको थिएँ। त्यही दुई प्रतिशत आज लगाई दियो भने पनि ३० देखि ४० अर्ब बजारमा जान्छ। ३० देखि ४० अर्ब बजारमा जाँदा शेयर बजार चलायमान भइहाल्छ। एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम देख्दैनौं। १२ करोड कसैले लगानी गर्यो भने त्यहाँ राष्ट्र बैंक जोखिम देख्छ। यो जोखिम देख्ने लेख्ने प्रक्रिया पनि बुझिएन।’

उनले ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम भए पनि अहिले बजार ओभर करेक्सन भएको बताए। पूर्वअर्थमन्त्री खतिवडाले शेयर बजार माथि जान्छ त्यो बेला मात्रै जोखिमको प्रबन्ध गर्नुपर्ने बताए। उनले शेयर बजारमा सानो करेक्शन गर्दा धेरै हुने वाला केही नभएपनि मनोबल बढ्ने दाबी गरे। उनले धितोपत्र बोर्डको भुमिका माथि प्रश्न गर्दै बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओ बाढी ल्याउन नहुने बताए।

उनले नेप्सेको हालत पनि ठिक नभएको बताए। उनले टी प्लस २ भनिए पनि सो समयमा सेयर कारोबारको राफसाफ नहुने गरेको र सेयर कारोबारको सिस्टम पनि गतिलो नभएको बताए। डा. खतिवडाले कुनैपनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्नु नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताए।

उनले संकटमा अर्थतन्त्र भएको मुलुकको सरकारको रवैया बढी भएको बताए। उनले सरकारले संकट रहेको अर्थतन्त्रमा रवैया देखाउने भन्दा पनि तत्काल सुधारका केही काम गर्न आवश्यक रहेको बताए। उनले अर्थतन्त्रमा आएको समस्या अर्थतन्त्र अनौपचारिक क्षेत्रमा जाँदा समस्या आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .