ad ad

राजनीति


प्रधानमन्त्रीले चुच्चे नक्साको कुरा नउठाएर भौगोलिक अखण्डताको बेवास्ता गरेको आरोप

प्रधानमन्त्रीले चुच्चे नक्साको कुरा नउठाएर भौगोलिक अखण्डताको बेवास्ता गरेको आरोप

फाइल फाेटाे : एमाले नेता भीम रावल


नेपालखबर
असोज ९, २०८० मंगलबार २०:०, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत तथा चीन भ्रमणका क्रममा नेपालको चुच्चे नक्साबारे कुरा नउठाएको भनी आलोचना गरेका छन्। 

छिमेकी राष्ट्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सालाई मान्यता नदिएको विषयमा नबोलेर प्रधानमन्त्री प्रचण्डले देशको सार्वभौमसत्ता र अखण्डताप्रति बेवास्ता गरेको रावलको आरोप छ। 

साथै उनले नेपालको नक्सालाई मान्यता नदिएको भनी अरूविरुद्ध जुलुस निकाल्ने माओवादी कार्यकर्ताले आफ्नै प्रधानमन्त्रीले भारत, चीन र संयुक्त राष्ट्रसंघमा पुग्दा पनि यस विषयमा केही नबोल्दाचाहिँ के गर्लान् भनी चुनौती पनि दिएका छन्।    

‘संसद्‌बाट पारित लिम्पियाधुरा, लिपुलेक र कालापानी भएको नेपालको नक्साबारे प्रम प्रचण्डले भारत, राष्ट्रसंघ र चीन भ्रमणमा उठाएको सुनिएन।के यो सार्वभौम अखण्डताप्रति बेवास्ता होइन?’, एमाले नेता रावलले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्सालाई मान्यता नदिएको भनी अरूविरुद्ध जुलुस गर्नेहरू आफ्नै प्रमले नबोलेपछि के गर्दा रहेछन् हेर्नु छ।’

हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले यही असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेका थिए भने गत जेठमा भारतको भ्रमण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .