ad ad

कारोबार


हिमालयन बैंकको नयाँ भवन शिलान्यास

हिमालयन बैंकको नयाँ भवन शिलान्यास

नेपालखबर
असोज १६, २०८० मंगलबार १७:१७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोडस्थित बैंककै जग्गामा भवन निर्माणका लागि शिलान्यास गरेको छ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका थिए। समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे। सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरू जस्तै इटहरी, वीरगञ्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी गराए। त्यस्तै बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको बताए।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए। यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे।

हाल बैंकले देशभरि रहेका १७६ शाखा, २६८ एटीएम, २० विस्तारित काउन्टर तथा १७००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .