ad ad

कारोबार


लागत घटाउन अधिकांश बैंकले घटाए निक्षेपको ब्याज, अब कुन खातामा कति दिन्छन्?

लागत घटाउन अधिकांश बैंकले घटाए निक्षेपको ब्याज, अब कुन खातामा कति दिन्छन्?

नेपालखबर
असोज ३०, २०८० मंगलबार १३:२४, काठमाडौँ

बैंकहरूले निक्षेपको ब्याज दर घटाएका छन्। कात्तिक १ गतेदेखि लागू हुनेगरी अधिकांश बैंकले निक्षेपको ब्याज घटाएका हुन्। 

सहमतिमा तोक्ने गरिएको ब्याज साउन १ गतेदेखि खुला गरेपछि अधिकांश बैंकले बढाइरहेका थिए।

यसअघि निरन्तर ब्याजदर बढाइरहेका बैंकले कात्तिकमा कर्जा नजाने देखिएपछि लागत कम गर्न ब्याजदर घटाएको देखिन्छ। 

लगानीयोग्य रकम (तरलता) अधिक हुँदा पनि बैंकहरूले निरन्तर ब्याजदर बढाइरहेका थिए। 

तर, कात्तिकमा चाडपर्वले गर्दा सबै त्यसमै व्यस्त हुने र कर्जा नजाने हुँदा बैंकहरूले ब्याजदर घटाएको देखिन्छ।

निक्षेप थपिएर कर्जा प्रवाह नहुँदा बैंकहरूको लागत बढ्छ। तर, कात्तिकमा अवस्था फरिएको छ। तैपनि एकाध बैंकले ब्याज बढाएका छन्। लगानी नहुने तर लागत बढ्ने भएपछि बैंकहरूले ब्याज दर घटाएका हुन्। 

नयाँ सूचनाअनुसार १४ बैंकले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन्। त्यसैगरी चार बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन्।

कात्तिकमा १४ वाणिज्य बैंकले ब्याजदर घटाउदा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोज मसान्तकै ब्याजदर यथावत् राखेका छन्। 

यता नेपाल एसबीआई बैंक र एनएमबी बैंकले भने ब्याजदर बढाएका छन्। एनएमबी बैंकको ब्याजदर १.०१३ प्रतिशतबिन्दुले बढेको हो।

सिद्धार्थ बैंक 
सिद्धार्थले साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स निक्षेपमा भने बैंकले ९ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले साधारण बचत खातामा असोजको ब्याजदर नै यथावत् राखेको छ। 

बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ९.५देखि अधिकतम ९.९९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ बैंकले अधिकतम ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले असोजको ब्याजदर कात्तिकमा यथावत् राखेको छ। 

हिमालयन बैंक
हिमालयन बैंकले साधारण बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशशत ब्याजदर तोकेको छ।

बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा १०.०३ देखि अधिकतम ११.०३  प्रतिशत ब्याजदर तोकेको छ। संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशत ब्याजदर तोकेको छ।

कुमारी बैंक 
कुमारी बैंकले साधारण बचत खातामा न्यूनतम ५.५१ प्रतिशतदेखि अधिकतम् ७.५१ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले साधारण बचत खाताको ब्याजदर घटाएको छ।

बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा अधिकतम १०.१ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ बैंकले ८।१ प्रतिशत ब्याजदर तोकेको छ।

गत महिनाको तुलनामा बैंकले साधारण बचत र मुद्दती दुवैको ब्याजदर घटाएको छ। 

कृषि विकास बैंक 
कृषि विकास बैंकले साधारण निक्षेपमा न्यूनतम ५.२५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.७६ प्रतिशत ब्याजदर कायम गरेको छ।

संस्थागत मुद्दती निक्षेपमा न्यूनतम ७.७६ प्रतिशत ब्याजदर तोकेको छ। 

साउनको तुलनामा भदौमा यस बैंकले सबैखाले निक्षेपको ब्याजदर बढाएको छ। 

प्राइम कमर्सियल बैंक 
प्राइम कमर्सियल बैंकले साधारण बचत खातामा न्यूनतम ५.४६ प्रतिशत देखि अधिकतम ७.४६ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले रेमिट्यान्स बचतमा भने ८.५० प्रतिशत ब्याजदर तोकेको छ। यस बैंकले साधारण बचतको ब्याजदर असोजको तुलनामा घटाएको छ। 

बैंकले व्यक्तिगत तर्फको मुद्दती खातामा १०.२५ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले ८.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। यस बैंकले साधारण बचत र मुद्दतीमा ब्याजदर घटाएको छ। 

प्रभु बैंक 
प्रभुले साधारण निक्षेपतर्फ न्यूनतम् ४.२२ प्रतिशतदेखि अधिकतम् ६.२२ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.२२ प्रतिशत र संस्थागत मुद्दतीतर्फ ७.२२ प्रतिशत ब्याजदर कायम गरेको छ। 

नबिल बैंक 
नबिल बैंकले साधारण बचत खातामा न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ। असोजको तुलनामा कात्तिकको लागि बैंकले सबै खाताको ब्याजदर घटाएको छ। 

ग्लोबल आईएमई बैंक 
ग्लोबल आईएमई बैंकले साधारण बचत खातामा न्यूनतम ५ देखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले रेमिट्यान्स बचतमा भने ८ प्रतिशत ब्याजदर कायम गरेको छ।  

बैंकले व्याक्तिगत मुद्दतीतर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ। 

नेपाल एसबिआई बैंक 
नेपाल एसबिआई बैंकले साधारण बचत खातामा असोजको ब्याजदर नै निरन्तरता दिएको छ। 

बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा न्यूनतम १०.७ प्रतिशत र संस्थागततर्फ भने बैंकले ८.७ प्रतिशत रहेको छ। असोजको तुलनामा मुद्दतिको ब्याजदर बढाएको छ। 

एनएमबी बैंक 
एनएमबि बैंकले साधारण बचत खातामा न्यूनतम ६.०३ देखि अधिकतम ७.०३ प्रतिशत ब्याजदर तोकेको छ। असोजको तुलनामा बैंकले कात्तिकको लागि ब्याजदर बढाएको छ। 

बैंकले व्यक्तिगत तर्फको मुद्दती खातामा अधिकतम ११।०३ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले ९.०३ प्रतिशत ब्याजदर तोकेको छ। 

स्टान्डर्ड चाटर्ड बैंक 
स्टान्डर्ड चाटर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ५.३० प्रतिशत ब्याजदर तोकेको छ। 
बैंकले व्यक्तिगततर्फको मुद्दती खातामा अधिकतम ९.२२ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले ५.५० प्रतिशत ब्याजदर तोकेको छ। 

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ न्यूनतम ९.९९ देखि १०.४० प्रतिशत र संस्थागततर्फ न्यूनतम् ८.९९ प्रतिशतदेखि अधिकतम् ८.४९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले साधारण निक्षेपमा न्यूनतम ६.०३ देखि अधिकतम ८.०३ प्रतिशत ब्याजदर कायम गरेको छ। यस बैंकले साधारण बचत खाताको ब्याजदर बढाएको छ। 

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा न्यूनतम ४.९५ प्रतिशत देखि अधिकतम ६.५० प्रतिशत ब्याजदर तोकेको छ। 

यस बैंकले व्याक्तिगत मुद्दतीतर्फ न्यूनतम् ९.५० र संस्थागततर्फ ७.५० प्रतिशत ब्याजदर तोकेको छ। 

एभरेस्ट बैंक
एभरेष्ट बैंकले साधारण निक्षेपमा न्यूनतम ४.२२ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ९.२२ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ न्यूनतम ७.२२ प्रतिशत ब्याजदर कायम गरेको छ। 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
यस बैंकले भने असोजको ब्याजदर नै कात्तिकको लागि निरन्तरता दिने जनाएको छ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम १०.०१ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर कायम गरेको छ। 

नेपाल बैंक
नेपाल बैंकले निक्षेपमा न्यूनतम ४.२२ प्रतिशतदेखि अधिकतम ६.२२ प्रतिशत ब्याजदर तोकेको छ। 

नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ९.२२ प्रतिशत र संस्थागत तर्फ ७.२२ प्रतिशत ब्याजदर कायम गरेको छ। 

सानिमा बैंक
सानिमा बैंकले साधारण निक्षेपमा न्यूनतम ५.५१ प्रतिशतदेखि अधिकतम ७.५१ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ अधिकतम ९.२२ प्रतिशत संस्थागत तर्फ ७.२२ प्रतिशत तोकेको छ, 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले बैंकले व्याक्तिगत मुद्दतीतर्फ ९.९९ र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .