डिजिटल वालेट ‘आईएमई पे’ले हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ।
जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटेलहरूमा बुकिङ गरी आईएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरूले फ्ल्याट १०प्रतिशत छुट प्राप्त गर्नेछन्।
नजिकिँदै गरेको राष्ट्रिय चाड दसैँ तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्यसम्म लागू हुनेछ।
आईएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिवचन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौतामा हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया