ad ad

कारोबार


नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ संशोधन गर्न आग्रह

नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ संशोधन गर्न आग्रह

नेपालखबर
कात्तिक २, २०८० बिहिबार २१:१४, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ संशोधन गर्न उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएको छ।

संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको टोलीले मन्त्री रिजालसँग भेट गरी नेपालको औद्योगक वृत्तमा बिगत पाँच वर्षदेखि रोक लगाएको कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ विषयमा जानकारी गराएको हो।

नेपालमा विशेष गरी औद्योगिक व्यवसाय ऐन २०७६ कार्यान्वयन भएदेखि नेपालमा विदेशी लगानीमा संचालित बहुराष्ट्रिय उद्योग प्रतिष्ठानहरुले यसअघि उत्पादन गर्दै आएको कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ प्रकृया रोकिएको र यसबाट नेपालमा स्थापित बहुराष्ट्रिय उद्योग लगायत अन्य उद्योगहरुले कठिनाईहरु भोग्नुपरेको संघले जनाएको छ।

‘बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना सबै वस्तुहरुको उत्पादनसँग जोडिएका सम्पूर्ण कार्य आफैले नगर्न पनि सक्छ भने आफ्ना वस्तुहरु जुन विश्व बजार लगायत नेपाली बजारमा पनि उच्च माग रहेको भएतापनि त्यस्ता वस्तुहरुको सम्पूर्ण उत्पादन प्रकृया आफैंले गर्न लगानीको आकार र बजारको आकारका कारण सम्भाब्यता नभएमा त्यस्ता वस्तुहरुको उत्पादनका प्रकृया नेपालमा स्थापित अन्य नेपाली उद्योग प्रतिष्ठानहरुबाट सम्पन्न गराउँदै आफ्नो ब्राण्डमा बजारमा बिक्रीवितरण गरिँदै आएकोमा सन् २०१९ मा ल्याएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन को दफा ४५ को उपदफा १ बाट पनि वस्तुको प्रमुख बस्तूबाहेक अन्य सहायक बस्तुहरु मात्र कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङबाट उत्पादन गर्न दिइने’ उल्लेख रहेको भेटपछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै ‘औद्योगिक उत्पादन ऐन २०२२’ ले पनि सोही अनुसारको व्यवस्था गरेकोमा उक्त व्यवस्थाबाट सो ऐन ल्याउनु भन्दाअघि स्वीकृति प्राप्त गरि लगानी समेत गरी सकेर कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङबाट आफ्ना वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएका बहुराष्ट्रिय उद्योगहरुको उत्पादन तथा बिक्री बितरणमा ठूलो असर परेको’ संघको भनाई छ।

उक्त दुवै ऐन संशोधन गर्न संघले मन्त्री रिजालसँग आग्रह गरेको छ।

छलफलमा मन्त्री रिजालले यस विषयमा अन्य संस्थाहरुसँग पनि छलफल गरि संघले अगुवाई गर्न सुझाव दिँदै यस विषयमा आवश्यक पहल गरिने बताए।
                            
सो भेटमा संघका उपाध्यक्ष सुनिल केसी, इण्डियन बिजनेश फोरमका सह–संयोजक सैवाल घोष, कार्यसमिति सदस्यहरु रबि कुमार रायवरम, सदस्य प्रतिष्ठान एशियन पेण्ट्स नेपालका सिएफओ समीर श्रेष्ठ, गुण खनाल, डाबर नेपालका बजार विभाग प्रमुख अभय गोर्खाली, युनिलिभर नेपालका वरिष्ठ प्रबन्धक गोबिन्द शाही, संघका महानिर्देशक केशब मान सिंह तथा संघका उपनिर्देशक मार्शल राठौर सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .