आधा दर्जन वाणिज्य बैंक कारबाही परेका छ्न्।
आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा राष्ट्र बैंक सुपरिवेक्षण विभागको निर्देशन उल्लंघन गर्ने ६ वाणिज्य बैंक कारबाहीमा परेका हुन्।
राष्ट्र बैंकले हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नबिल बैंक, एनआइसी एशिया र सिटिजन बैंकलाई फरक शिर्षक उल्लंघन गरेको जनाएको छ।
राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धिकरण ऐन उल्लंघन गर्दा ७० लाख जरिवाना गरेको छ।
त्यसैगरी हिमालय बैंकलाई कर्जा परिचालन कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार जरिवाना गरेको छ।
एनआइसी एशिया, एनएमबी बैंक, नबिल र सिटिजन बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दा बैकहरूका संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
नबिल बैंकले राष्ट्र बैंकको निर्देशन बिपरित ब्याजदर बढाएको, एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा बदमाशी गरेको, सिटिजन बैंकले कर्जा नोक्सानी ब्यवस्था नगरेको पाइएको छ।
Shares
प्रतिक्रिया