ad ad

कारोबार


नेपाल टेलिकमका सिम प्रयोगकर्ता २ करोड नाघे

नेपाल टेलिकमका सिम प्रयोगकर्ता २ करोड नाघे

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १३:२२, काठमाडौँ

नेपाल टेलिकमका जिएसएम (सिम) प्रयोगकर्ता २ करोड नाघेका छन्। नेपाल दुरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक गत आर्थिक वर्षको अन्तसम्म २ करोड ३ लाख ९४ हजार प्रयोगकर्ता पुगेका हुन्।

चैतको तुलनामा असारमा २.७३ प्रतिशतले प्रयोगकर्ता बढेका छन्। गत चैतसम्म १ करोड ९८ लाख ५२ हजार प्रयोगकर्ता रहेका थिए।

तेस्रो त्रैमासिकमा एनसेल एक्जियटाको प्रयोगकर्ता भने घटेका छन्। गत चैतमा १ करोड ३४ लाख प्रयोगकर्ता रहेकोमा असारमा १ करोड ३२ लाखमा सिमिति भएका हुन्। ३ महिनामा १.८२ प्रतिशतले प्रयोगकर्ता घटेको दूरसञ्चार प्राधिकरणको रिपोर्टमा उल्लेख छ।

असारसम्म कुल सिम प्रयोगकर्ता २ करोड ३६ लाख २८ हजार पुगेका छन्।  

नेपाल टेलिकमका प्रयोगकर्ता बढ्दा बजार हिस्सा समेत बढेको छ।

टेलिकमको ६१.९५ प्रतिशत पुग्दा एनसेलको ३८ प्रतिशतमा सिमित छ। आर्थिक वर्ष २०७९/०८० मा नेपाल टेलिकमको बजार हिस्सा ५३.६९ प्रतिशत मात्रै रहेको थियो। एनसेलको ४०.६३ प्रतिशत र स्मार्ट सेलको ५.६७ प्रतिशत रहेको थियो।

हाल प्राधिकरणले स्मार्ट सेलको लाइसेन्स जफतसंगै सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकम र एनसेलमात्रै बजरमा प्रतिस्पर्धी रहेका छन्।

मोबाइल ब्रोडब्यान्डमा पनि टेलिकम अघि
नेपालमा ७०.३४ प्रतिशत इन्टरनेट प्रयोगकर्ता मोबाइलबाट प्रयोग गर्छन्। २९.५० प्रतिशत फिक्स ब्रोडब्यान्ड प्रयोग गर्छन्। फिक्स ब्रोडब्यान्डका प्रयोगकर्ता बढ्दै गएका छन्।

अघिल्लो वर्ष २४.७७ प्रतिशत मात्रै रहेका थिए।

मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्तामा ६८.१७ प्रतिशत नेपाल टेलिकमको मात्रै बजार हिस्सा रहेको छ। बाँकी ३१.८३ प्रतिशत एनसेल एक्जियटाले ओगटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .