नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत वर्षको सोही अवधिमा बैंकले ३७ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो।
यसअनुसार निफ्राले ९ दशमलव ३० प्रतिशत नाफा बढाएको वित्तीय प्रतिवेदनले देखाएको छ।
बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ।
जगेडा कोष २ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। निक्षेप ८२ करोड ३३ लाख रुपैयाँ र कर्जा १८ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ पुगेको देखिएको हो।
कूल सञ्चालन आम्दानी ७० करोड ६५ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन मुनाफा ५९ करोड ११ लाख रुपैयाँ र वितरणयोग्य नाफा २१ करोड २४ लाख रुपैयाँ पुगेका वित्तिय प्रतिवेदनमा उल्लेख छ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७० करोड १५ लाख रुपैयाँ आर्जन देखिएको छ।
साथै बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ७ दशमलव ६६ रुपैयाँ पुगेको छ।
Shares
प्रतिक्रिया