ad ad

कारोबार


भूकम्पपीडितका लागि सरकारले माग्यो सहयोग, यी ९ बैंकका खातामा रकम जम्मा गर्न अनुरोध

भूकम्पपीडितका लागि सरकारले माग्यो सहयोग, यी ९ बैंकका खातामा रकम जम्मा गर्न अनुरोध

नेपालखबर
कात्तिक २०, २०८० सोमबार ७:३०, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको खोज, उद्धार र उनीहरूलाई राहतका लागि सरकारले देश–विदेशमा रहेका सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि अपिल गरेको छ। 

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गरी भूकम्पपीडितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेको हो। 

त्यसका लागि सरकारले नौवटा बैंकका खाता नम्बर उपलब्ध गराएको छ। 

‘विपद्‌को यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहनुभएका सम्पूर्ण महानुभावहरू एवम् संघसंस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ’, सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘यस्तो संवेदनशील घडीमा देशविदेशमा रहनुभएका सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तपसिलमा उल्लिखित खातामा रकम जम्मा गर्न सकिने बेहोरासमेत अनुरोध छा’

१. राष्ट्रिय बाणिज्य बैंक, पुतलिसड़क चल्ती खाता नम्बर ११३०१००००३७६२००१

२. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ, चल्ती खाता नम्बर ००१००२०१००२९०७०१४

३. नेपाल बैंक लिमिटेड, काठमाडौँ, चल्ती खाता नम्बर००२००१००५१००३९०००००१ 

४. एभरेस्ट बैंक लिमिटेड, नयाँबानेश्वर, चल्ती खाता नम्बर ००१०११०२२०००१२

५. स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, लाजिम्पाट, चल्ती खाता नम्बर ०००१०१३२४३८०१ 

६. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर, चल्ती खाता नम्बर०४११०१००००००५

७. हिमालयन बैंक लमिटेड, ठमेल, चल्ती खाता नम्बर ०१९०५६३१२१००११

८. नबिल बैंक लिमिटेड, दरबारमार्ग, चल्ती खाता नम्बर १७५००१७५०५२८५

९. हिमालयन बैंक लिमिटेड, कमलादी, चल्ती खाता नम्बर ०१९०५६३१२१००४६

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .