ad ad

कारोबार


१६औँ योजना छनोटका लागि देश दौडाहामा योजना आयोग

१६औँ योजना छनोटका लागि देश दौडाहामा योजना आयोग

नेपालखबर
कात्तिक २०, २०८० सोमबार ११:३, काठमाडौँ

राष्ट्रिय योजना आयोगले १६औँ योजना छनोटका लागि प्रदेशगत रुपमा छलफल सुरु गरेको छ। 

सातै प्रदेशका योजना छनोटका लागि आयोगले छुट्टाछुट्टै टोली बनाएर सम्बन्धित प्रदेशमा छलफल सुरु गरेको हो। 

आयोगले आज (सोमबार) मधेश प्रदेशमा आज योजना छनोटको विषयमा छलफल गर्दैछ। प्रदेश राजधानी जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधि समेत सहभागी छन्। 

आयोगका प्रवक्ता यमलाल भुसालकाअनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरेर छलफल गर्न थालिएको हो। कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई छलफल स्थगित गरिएको छ। बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ। 

आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार आज र भोलि (कात्तिक २० र २१ गते) बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ। 

यसका लागि आयोगका सदस्यहरु डा.प्रभु बुढाथोकी, डा.जयकान्त राउत, डा.रामकुमार फुयाँल र डा.अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ। 

यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए। 

उनका अनुसार यी दुई प्रदेशका लागि आयोगका सदस्य डा.आरपी विच्छा र डा.रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ। कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली नगएको उनले जानकारी दिए। 

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .