ad ad

कारोबार


देउराली सहकारीविरुद्ध जाहेरी दिन प्रहरीको आग्रह

देउराली सहकारीविरुद्ध जाहेरी दिन प्रहरीको आग्रह

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १४:४२, काठमाडौँ

प्रहरीले सेवाग्राही ठगिएको आश‌ंकामा ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन आग्रह गरेको छ।

सो संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम खाताको अवधि पुगिसकेपछि रकम फिर्ता नपाएपछि संस्थाका निक्षेपकर्ता सदस्यहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएका छन्।

उल्लेखित कसुर उपर मुद्दा दर्ता गरी ब्यूरोबाट अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरु उपर प्रमाणसहित ब्यूरोमा यथाशिघ्र रितपूर्वकको जाहेरी दिन ब्यूरोले सूचित गरेको छ।

थप सहयोग एवं जानकारीका लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको फोन नं. ०१–४५११७७६ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .