सेयरबजार २०.०३ अंकले बढेको छ। आज बजार २०.०३ अंकले बढेर १८४६.२६ विन्दुमा पुगेको हो।
बढेको बजारमा ९२ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ९० करोड ७५ लाखको कारोबार भएको थियो।
आज कारोबारमा आएका १९१ कम्पनीको सेयरमूल्य बढ्दा ३६ कम्पनीको घटेको छ। त्यसैगरी १० कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। सोल्टी होटलको सर्वाधिक ६ करोड ४३ लाखको कारोबार भएको थियो।
30
Shares
प्रतिक्रिया