बुद्ध एयरले १५ सय ४८ केजी राहात सामाग्री नि:शुल्क ढुवानी गरेको छ।
भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमका लागि नेपालगञ्ज र सुर्खेतमा काठमाडौबाट ढुवानी गरेको हो।
‘हामीले काठमाडौंबाट नेपालगञ्ज ६५२ केजीको राहत सामग्री निःशुल्क ढुवानी गरेका छौँ,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने, ‘सुर्खेततर्फ ८९६ केजीको राहत सामग्री ढुवानी सहयोग गरेका छौँ।’
बुद्ध एयरले भुकम्प पीडितका लागि प्रधानमन्त्री राहात कोषमा १ करोड रुपैयाँ पनि सहयोग गरिसकेको छ।
15
Shares
प्रतिक्रिया