ad ad

कारोबार


शौर्य सिमेन्टद्वारा ‘मिथिला लोक चित्रकला प्रतियोगिता’ आयोजना

शौर्य सिमेन्टद्वारा ‘मिथिला लोक चित्रकला प्रतियोगिता’ आयोजना

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १४:४९, काठमाडौँ

शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ आयोजना गरेको छ।

कम्पनीले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सुरु गरेको यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला सहभागी हुन सक्ने छन्।

प्रतियोगिता विभिन्न तीन चरणमा सम्पन्न हुने छ।

पहिलो चरणमा सहभागी महिलाहरूले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट/फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाट्सएप नं. ९८०२३३५५८५ मार्फत पनि पठाउन सकिनेछ।

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका नपा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाइएको छ। फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहने छ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन्। दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरूले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्ने छ। दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै सञ्चालन हुने छ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरू चुनिने छन्। यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ।

उनीहरुले बनाएको चित्रकलाको मूल्याङ्कन निर्णायक समितिद्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिने कम्पनीले जनाएको छ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई रु ७५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई रु ५ उपलब्ध गराईने छ।

प्रतियोगितामा सहभागी हुनको लागि कम्पनीको आधिकारिक वेभसाईट र फेसबुक पेजमा गई उल्लेखित क्यूआर कोड को स्क्यान गरी फारम भर्नुपर्नेछ। आवश्यक सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .