स्टयान्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
बैंकले कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटाएको छ।
बैंकले बचत खातामा न्यूनतम ४ देखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर कायम गरेको छ।
मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.२५ देखि ८.९७ प्रतिशतसम्म रहेको छ। संस्थागत तर्फ ५.२५ प्रतिशत रहेको छ।
बैंकको आधारदर ८.२४ प्रतिशत रहेको छ। बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी कर्जाको दर निर्धारण गरेको छ।
प्रतिक्रिया