सोल्टी होटलले लाभांश घोषणा गरेको छ।
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले लाभांश घोषणा गरेको हो।
कम्पनीले सेयरधनीलाई २६.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यस्तै ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ।
कम्पनीले पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ।
सभा प्रयोजनका लागि पुस ५ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ।
प्रतिक्रिया