अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानका विषयमा आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गर्ने भएका छन्।
आर्थिक क्षेत्रको नेतृत्वपंक्तिसमक्ष प्रधानमन्त्री दाहालले छलफल राखेको हुन्।
दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकमा अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर, योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिवहरूलाई बोलाइएको छ।
प्रेस सल्लाहकार आचार्य भन्छन्, ‘प्रधानमन्त्रीले विज्ञहरूसँग समेत छलफल गर्दै हुनुहुन्छ, त्यसैको तयारीका लागि आज छलफल बोलाइएको हो।’
अर्थतन्त्रमा मन्दी आएको टिकाटिप्पणी आएपछि प्रधानमन्त्री प्रचण्ड गुरुयोजना बनाएर अघि बढ्ने योजनामा छन्।
24
Shares
प्रतिक्रिया