ad ad

कारोबार


यो वर्ष नेपालमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक आउँछन् : अर्थमन्त्री महत

यो वर्ष नेपालमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक आउँछन् : अर्थमन्त्री महत

नेपालखबर
मंसिर ४, २०८० सोमबार १४:४४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताएका छन्।

सोमवार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताए। उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरे।

उनले भने, ‘लगानी बिस्तारै बढ्दैछ। जग्गा कारोबार बिस्तारै बढ्दैछ। आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने। मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ। आर्थिक गतिविधिहरु बिस्तारै बढ्दैछन्।’

अर्थमन्त्री डा. महतले  विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने बताए। उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने बताए।

उनले भने, ‘जहाँ निश्चित ठाउँ भन्दा बाहिर लगानी भए, त्यसले गर्दा उनीहरुलाई ऋण तिर्न गाह्रो भएको छ। नत्र भने सबै सकारात्मकतातिर अर्थतन्त्रका इण्डिकेटर गएका छन्। ऋण लिनेहरुले जिम्मेवारीपूर्वक ऋण प्रवाह ऋण जसरी सीमाभित्र रहेर गर्नुपर्दथ्यो, त्यो बेला सरकारले पनि नगरेको र लिनेले जिम्मेवारी नलिँदा यो साउँ ब्याज तिर्न गाह्रो भइरहेको छ। त्यसलाई सहज गर्न लागिरहेका छौँ। सरकारी खर्च व्यवस्थित गरिरहेका छौँ। आर्थिक सूचक सकारात्मक छन्।’

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .