काठमाडौंको तीनकुने र बल्खुमा जामर प्रयोग गरिएको छ। बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो।
उता, तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ। मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाइन्छ।
यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क देखाएको छैन।
मेडिकल व्यवसायी प्रसाईं र युवा संघको प्रदर्शनस्थलमा प्रहरीले जामर भेहिकल प्रयोग गरेको हो।
प्रसाईंको टोलीका लागि बल्खु र युवा संघका लागि तीनकुने स्थान तोकिएको छ।
2.0k
Shares
प्रतिक्रिया