नाडा अटो मोबाइल एसोसिएसनको आगामी निर्वाचन पुस २० र २१ गते हुने भएको छ।
मंसिर ११ गते बसेको नाडा कार्यसमिति बैठकले ४७ औं वार्षिक उत्सव तथा निर्वाचनको मिति तय गरेको हो।
नाडा महासचिव सुरेन्द्र कुमार उप्रेतीले पुस २० र २१ गते काठमाडौंमा ४७ औं वार्षिक उत्सव गर्ने निर्णय भएको जानकारी दिए।
उनले आर्थिक वर्ष २०८०/८१ सम्मको सदस्य नवीकरण गर्न बाँकी रहेको सदस्य फर्म, कम्पनी तथा प्रदेश सदस्यलाई समयमै नवीकरण गर्न आग्रह गरेका छन्।
नाडा अध्यक्ष ध्रुव थापा नेतृत्वको कार्यकाल सकिँदै छ। थापासँग पराजित भएका करण चौधरी पुनः अध्यक्षमा लड्ने तयारी गरेका छन्।
त्यसबाहेक आकाश गोल्छाले समेत छलफल गरिरहेको अटो व्यवसायी बताउँछन्।
12
Shares
प्रतिक्रिया