नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको बोलपत्र आह्वान गर्न ५ सदस्यीय कमिटी गठन गरेको छ।
प्राधिकरण स्थापनाअघिबाटै ग्राउन्ड ह्यान्डलिङ गरिरहेको वायुसेवा निगमबाट खोसेर अन्तर्राष्ट्रिय टेन्डर आह्वानको तयारी गरेको हो।
प्राधिकरणले बोलपत्रका कागजात तयार गर्न निर्देशक सुनिल कुमार कुशवाहको नेतृत्वमा कमिटी गठन गरिएको जनाएको छ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिस्पर्धाको माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सर्भिस उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनौट गर्ने प्रयोजनका लागि बोलपत्र सम्बन्धी कागजात समेत तयार पार्न निर्देशक सुनिल कुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठन गरिएको छ ,’ प्राधिकरणबाट जारी सूचनामा उल्लेख रहेको छ।
प्राधिकरणले शुक्रबार मात्रै नेपालवायु सेवा निगमबाट भूमिस्थ सेवा खोसेर खुल्ला प्रतिस्पर्धाबाट दिने बताएको थियो। निगमले वार्षिक ३ देखि ४ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। जसमा करिब १ अर्व रुपैयाँ निगमको नाफा रहने गरेको वित्तिय विवरणबाट देखिने गरेको छ।
Shares
प्रतिक्रिया