ad ad

कारोबार


तोलामा दुई सयले बढ्यो सुनको मूल्य, चाँदी २० रुपैयाँ सस्तो

तोलामा दुई सयले बढ्यो सुनको मूल्य, चाँदी २० रुपैयाँ सस्तो

नेपालखबर
मंसिर २१, २०८० बिहिबार ११:४२, काठमाडौँ

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। तर यता चाँदी भने २० रुपैयाँ सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज छापावाल सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भइरहेको छ। 

अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १८ हजार ४ सय र १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएका थिए। 

तर आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी अघिल्लो दिन १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .