सेयरबजारमा आज ११ अंकको हरियाली छाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको हो।
योसँगै बजारमा २ अर्ब ७९ करोडको सेयर कारोबार भएको छ भने कुल ९५ लाख कित्ता सेयर बिक्री भएका छन्।
आजको कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ वटाको सेयर घटेको र आठवटाको उही मूल्यमा कारोबार भएको छ।
आज त्रिशूली जलविद्युत्का लगानीकर्ताले १० प्रतिशत कमाउँदा समाज लघुवित्त, सीवाईसी लघुवित्तलगायतका कम्पनीका सेयरधनीले कमाएका छन्।
घाटा व्यहोर्नेमा ग्लोबल आईएमई लघुवित्त, मन्दाकिनी हाइड्रोलगायतका कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।
36
Shares
प्रतिक्रिया