ad ad

कारोबार


नेप्से झण्डै ३७ अंकले बढेसँगै ४ अर्ब नाघ्यो सेयर कारोबार रकम

नेप्से झण्डै ३७ अंकले बढेसँगै ४ अर्ब नाघ्यो सेयर कारोबार रकम

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १५:११, काठमाडौँ

तीन महिने मौद्रिक समीक्षापछि सेयरबजारले सुधारको संकेत गरेको छ। 

समीक्षापछिको पहिलो कारोबार दिन उछाल आएको सेयरबजारमा दोस्रो दिन सेयर बिक्रीको चाप देखिएको थियो। त्यसपछिको तेस्रो कारोबार दिन भने बजार परिसूचक नेप्से ३६.८६ अंकले बढेको छ। 

करिब २ प्रतिशतले सूचक बढेसँगै १९८५.४४ विन्दुमा पुगेको छ। योसँगै मंगलबार बजारमा ४ अर्ब ३० करोड ९० लाख १९ रुपैयाँको सेयर कारोबार भएको हो। 

आज कुल १ करोड २४ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। योसँगै बजारमा सामेल कम्पनीमध्ये २१४ वटाको सेयर बढेको छ भने २४ वटाको घटेको र चारवटाको उही मूल्यमा कारोबार भएको छ। 

आज बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा सेयरधनीले १० प्रतिशत कमाएका छन्। बोटलर्स नेपालका सेयरधनीले प्रतिकित्ता २६९.८०  रुपैयाँ कमाएका हुन्। 

गुमाउनेले भने अघिल्लो दिनको तुलनामा ५.११ प्रतिशतसम्म मात्रै घाटा व्यहोरेका छन्। सीवाईसी लघुवित्तका सेयरधनीले उक्त घाटा व्यहोरेका हुन्। 

आज सर्वाधिक कारोबार शिवम् सिमेन्टको भएको छ। कम्पनीको १८ करोडको कारोबार भएको हो। त्यसपछि सोनापुर मिनरल्सको १५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। आज ९५ हजार ४ सय ३३ पटक सेयर खरिदबिक्री भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .