ad ad

कारोबार


हिमालयन रिको आईपीओ दुई दिनमै ७ लाख बढीले भरे

हिमालयन रिको आईपीओ दुई दिनमै ७ लाख बढीले भरे

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १९:४७, काठमाडौँ

हिमालयन रि–इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा ७ लाख ३३ हजार ६६ जनाले आवेदन दिएका छन्।

बुधबारदेखि आवेदन माग गरिएकोमा दुई दिनमा सो संखयामा आवेदन परेको हो।

दोस्रो दिन बिहीबार साँझ ५ बजेसम्म १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कुल २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँ रकमको आवेदन परेको छ।

वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो।

कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .