ad ad

कारोबार


फोहोर व्यवस्थापन र खोला अतिक्रमण रोक्न बालेनले मागे संघ सरकारको सहयोग

फोहोर व्यवस्थापन र खोला अतिक्रमण रोक्न बालेनले मागे संघ सरकारको सहयोग

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह २९औँ महानगर दिवस २०८० को अवसरमा शुक्रबार टुडिखेलमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिर : रासस


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १३:१४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा सघाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। 

महानगर दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाहले फोहोरको दीर्घकालीन व्यवस्थापन, खोला अतिक्रमणलगायतमा आवश्यक पहल गरिदिन आग्रह गरेका हुन्। 

उनले काठमाडौं महानगरपालिकाभित्र तीनवटा मुख्य चुनौती रहेकाले महानगर, प्रदेश र संघ सरकार मिलेर त्यसको हल खोजिनुपर्ने बताए। 

तीनकुनेको मुआब्जा विवाद, खोला अतिक्रमण र फोहोर व्यवस्थापनमा उनले संघ सरकारको सहयोग मागेका थिए। आफ्नै कार्यकालमा उक्त समस्या समाधान गर्न प्रयासरत रहेकाले केन्द्र सरकारले सहयोग गर्नेमा बालेनले आशावादी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .