ad ad

कारोबार


दक्षिण र पूर्वी एसिया जोड्ने विशाल क्षेत्रफलको आर्थिक हब बनाउने भुटानी राजाको घोषणा

दक्षिण र पूर्वी एसिया जोड्ने विशाल क्षेत्रफलको आर्थिक हब बनाउने भुटानी राजाको घोषणा

भुटानी राजा वाङचुक


नेपालखबर
पुस १, २०८० आइतबार १५:२३, काठमाडौँ

भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकले दक्षिण र पूर्वी एसिया जोड्ने ठूलो सहरी परियोजना निर्माण गर्ने घोषणा गरेका छन्। 

राजा वाङचुकले १ हजार वर्गकिमिमा फैलिने गेलेफु स्पेसल एडमिनिस्ट्रेसन (एसएआर)को घोषणा गरेका हुन्। 

भुटानी मिडियाका अनुसार यसलाई दक्षिण एसियाको आर्थिक हबका रुपमा विकास गरिनेछ। 

यो परियोजनाका लागि धेरै वर्षयता योजना बनिरहेको थियो। यसअनुसार परियोजनाको आफ्नो छुट्टै कानुन र व्यवस्थाहरु हुनेछन् भने यहाँ विदेशी लगानी र विशेष दक्षता हासिल गरेका विश्वभरका कामदारहरु हुने बताइएको छ। 

यहाँ आउने महत्त्वपूर्ण लगानीका लागि कम्पनीहरुको छनोट गरिनेछ। एसएआरले देशभित्र र बाहिरका भुटानीका लागि आर्थिक अवसरहरु सिर्जना गर्नेछ। 

भर्खरै भारतमा भएको १० दिने भ्रमणका बेला राजा जिग्मेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसबारे छलफल गरेका थिए। यो परियोजना सार्पाङ जिल्ला विशेष आर्थिक क्षेत्रको एक भाग हुनेछ भने यहाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाइनेछ। 

भारतीय राज्य आसामको कोक्राझार र गेलेफुबीच ५८ किमि लामो रेल सञ्जाल बनाउनेबारे पनि छलफल भएको भारतीय मिडियाले जनाएका छन्। यसबाहेक पश्चिम बंगालको बनर्हाट र भुटानको साम्त्सेबीच १८ किमि लामो दोस्रो रेल सञ्जाल समेत बनाइनेबारे छलफल भएको इन्डिया टुडेले जनाएको छ। 

भारतले पश्चिम बंगालको हल्दिबारीबाट बंगलादेशको चिलाहाटीमा व्यापारिक सामग्री लैजान अनुमति दिइसकेको छ। भुटानी राजाको गेलेफुस्थित स्मार्ट सिटीको योजनाबारे मोदीसँग महत्वपूर्ण छलफल भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .