ad ad

कारोबार


१४ लाख ६० हजारले भरे हिमालयन रि इन्स्योरेन्सको आईपीओ

१४ लाख ६० हजारले भरे हिमालयन रि इन्स्योरेन्सको आईपीओ

नेपालखबर
पुस १, २०८० आइतबार १७:२७, काठमाडौँ

हिमालयन रिइन्स्योरेन्सको आईपीओ (प्राथमिक सार्वजनिक निष्काशन) मा आवेदन १४ लाख ६० हजारले दिएका छन् । 

सीडीएस एण्ड क्लियरिङका अनुसार आज (आइतबार) साँझ ५ बजेसम्म १४ लाख ६० हजार ११७ जनाले आईपीओ भरेका हुन् ।

कुल २ करोड ४९ लाख कित्ताका लागि आवेदन खुलेको हो। चौथो दिनसम्म २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन परेको छ। 

माग गरिएको कुल सेयर संख्यामा अबढी आवेदन परेको छ। अहिलेसम्म कुल ५ अर्ब ७८ करोड ६ लाख रुपैयाँ बैंक खातामा ‘ब्लक’ भएको छ।

बुधबारदेखि खुलेको हिमालय रिइन्स्योरेन्सको आईपीओ भर्ने म्याद पुस ११ गतेसम्म छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .