ad ad

कारोबार


उखुको मूल्यवृद्धि गर्न माग गर्दै माओवादी नेताले चिनी उद्योगको मूलगेटमा सुरु गरे आमरण अनशन

उखुको मूल्यवृद्धि गर्न माग गर्दै माओवादी नेताले चिनी उद्योगको मूलगेटमा सुरु गरे आमरण अनशन

नेपालखबर
पुस २, २०८० सोमबार १३:२८, सर्लाही

उखुको मूल्य वृद्धिसहितका माग राखेर सर्लाहीमा माओवादी केन्द्रका एक स्थानीय नेताले आमरण अनशन सुरु गरेका छन्। 

हरिवन निवासी माओवादी केन्द्रका युवा नेता शेख इस्तियारले उखुको मूल्यवृद्धि, गत वर्ष बेचेको उखुको बाँकी भुक्तानीसहितका माग राखेर सोमबार बिहानदेखि  इन्दुशंकर चिनी उद्योगको मूलगेटमा आमरण अनशन सुरु गरेका हुन्।

यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गर्दै सर्लाहीका किसानले चरणबद्ध आन्दोलन गर्दै आएका छन्। 

चिनीको बिक्री मूल्यको आधारमा उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गरिनुपर्ने, मूल्य अभिवृद्धि कर बापत किसानलाइ दिने भनिएकाे बक्यौता रकम सरकारले तुरुन्त भुक्तानी गर्नुपर्ने, उखु खेतीमा अनुदान र उखु बेचेपछि तुन्तै भुक्तानी गरिनुपर्ने, उन्नत जातको बिउको व्यवस्था, कृषियोग्य जमिनमा सिंचाइको व्यवस्था, उखु खेती गर्न आवश्यक मलखादको प्रवन्ध गर्नुपर्ने लगायतका माग उनले अघि सारेका छन्।

माग पूरा नभएसम्म आमरण अनशन जारी रहने इस्तियारले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .