ad ad

कारोबार


किसान महासंघले बागमतीका मुख्यमन्त्रीसँग पेस गर्‍याे पाँच बुँदे माग

किसान महासंघले बागमतीका मुख्यमन्त्रीसँग पेस गर्‍याे पाँच बुँदे माग

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८० मंगलबार ९:४९, चितवन

नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री  शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ।

बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरेपछि महासंघले त्यसको विरोध गरेको छ। महासङ्घले कृषि ब्याज अनुदान कर्जा पाँच प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरिएकाले सोको निरन्तरता गरिनुपर्नेलगायत माग पेस गरेको हो। 

जिल्ला अध्यक्ष नीलकण्ठ रिजालले चितवनका दुग्ध उत्पादक किसानलाई दूधको रकम भुक्तानी अविलम्ब दिलाउनुपर्ने, कर छुट कार्यविधिमा उल्लिखित शब्दावली संशोधन गरी कृषिलाई परम्परागत खेती फलफूलगायत भन्ने रहेकामा पशुपालन, दूध तथा मासु उत्पादनलाई पनि समेटी कर छुट गरिनुपर्ने, बागमती प्रदेशअन्तर्गतका किसानले खपत गर्ने रासायनिक मलको तथ्याङ्क सङ्कलन गरी त्यसअनुसार अग्रिम मौज्दात गरी पर्याप्त मात्रामा  समयमै उपलब्ध गराउनुपर्ने माग मुख्यमन्त्री समक्ष पेस गरेका छन्।

मुख्यमन्त्री जम्कट्टेलले किसानका माग सम्बोधन गर्न प्रदेश सरकार लागिरहेको बताए। किसानलाई सम्बोधन गर्न सरकारले सोहीअनुसारको बजेट विनियोजन दावी उनले गरे। ‘कृषि क्षेत्रको विकासले मात्र समृद्धि सम्भव हुने भएकाले सबै मिलेर यस क्षेत्रको समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ,’ मुख्यमन्त्री जम्कटेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .