ad ad

कारोबार


एमजी बिक्रेताको स्पष्टीकरण : तार सर्ट हुँदा गाडीमा आगो लाग्यो

एमजी बिक्रेताको स्पष्टीकरण : तार सर्ट हुँदा गाडीमा आगो लाग्यो

नेपालखबर
पुस १८, २०८० बुधबार २०:४६, काठमाडौँ

एमजी गाडीका लागि नेपालको आधिकारीक बिक्रेता कम्पनी पारमाउण्ट मोटर्स प्रालीले पुस ९ गते भएको आगलागी तार सर्ट हुँदा भएको स्पष्ट पारेको छ।

पारमाउण्ट मोटर्स प्रालीले इलेक्ट्रिक्स गाडी चार्जमा राखेको तार सर्ट हुँदा आगलागी भएको दाबी गरेको हो।  

प्रदेश ०१–०२७ ख १५८१ नम्बरको एमजी जेड एस इभी पुस ९ गते आगलागी भएको कम्पनीले स्वीकार गरेको छ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ देउवाचोकमा गाडीमा आगलागी भएको थियो। सो घटनालाई लिएर गाडीको ब्राण्ड र कम्पनीको समेत नाम उल्लेख भईरहेका विभिन्न टिका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको कम्पनीले जनाएको छ।

घटनाबारे जानकारी भएपश्चात सोही दिन कम्पनीका प्राविधिक कर्मचारी समेतको टोली स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

साथै, प्रहरी प्रभाग बूढानीलकण्ठबाट भएको सर्जमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजेदेखि चार्जमा राखेको देखिएको बताएको छ।

बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा बुझिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .