ad ad

कारोबार


तोलामा १३ सयले घट्यो सुनको मूल्य

तोलामा १३ सयले घट्यो सुनको मूल्य

नेपालखबर
पुस १९, २०८० बिहिबार ११:३२, काठमाडौँ

सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँ सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १९ हजार ५ सय र तेजाबी सुन १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै चाँदी पनि आज ३० रुपैयाँ सस्तो भएको छ। महासंघका अनुसार चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ। 

यता अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार ४३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .