सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सात दिने स्पष्टीकरण सोधेको छ।
सम्बन्धित सार्वजनिक निकायहरुको प्रस्तावपछि सार्वजनिक खरिदले नौ वटा कम्पनीलाई स्पष्टीकरण पेस गर्न भनेको हो।
स्पष्टीकरण माग गरिएकामा श्रीपुष्पाञ्जली कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, श्री न्यु भेरी इन्जिनियरिङ वर्कसप, सुर्खेत, श्री अरावली इन्फ्रापावर (एआईपीएल) न्यु दिल्ली, श्री प्रनिश इन्टरनेशनल प्रालि काठमाडौं, श्री कोशी निर्माण सेवा काठमाडौं, श्री दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्रालि–शंकर्तमाली निर्माण सेवा प्रालि, श्री मामाभान्जा निर्माण सेवा उदयपुर, श्री सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौं र श्री पाँचखाल कन्स्ट्रक्सन प्रालि काठमाडौं रहेका छन्।
कार्यालयका अनुसार यसअघि सार्वजनिक निकायले ३० दिने स्पष्टीकरण सोधे पनि अटेर गरेपछि उनीहरुले सार्वजनिक खरिदलाई कालोसूचीमा राख्न प्रस्ताव गरेका थिए।
Shares
प्रतिक्रिया