ad ad

कारोबार


आय विवरण दाखिला गर्ने म्याद थपमा विगतका सुविधा काटिएपछि चेम्बर असन्तुष्ट

आय विवरण दाखिला गर्ने म्याद थपमा विगतका सुविधा काटिएपछि चेम्बर असन्तुष्ट

नेपालखबर
असोज १०, २०८१ बिहिबार १७:१२, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरुसम्बन्धी आन्तरिक राजस्व विभागले गरेको निर्णयमा विमति जनाएको छ। 

आय विवरण दाखिला गर्ने म्याद थप नहुने विभागको निर्णयप्रति चेम्बरले ध्यानाकर्षण गरेको हो। 

त्यस्तै वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताहरुको सम्बन्धमा पुस २० गतेसम्म मात्र म्याद थप हुने व्यवस्थामा चेम्बरको असन्तुष्टि छ।  

‘मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको वर्तमान अवस्थामा विद्यमान कानुनी व्यवस्थाविपरीत भएको विभागको पछिल्लो निर्णयले व्यावसायिक क्षेत्रमा गम्भीर असर गर्नेछ’, चेम्बरले उल्लेख गरेको छ। 

चेम्बरले विभागको निर्णय सच्याउन समेत आग्रह गरेको छ। 

आयकर ऐन २०५८ को दफा ९८(१)मा आय विवरण दाखिला गर्ने म्याद थप गर्ने सम्बन्धमा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभागसमक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिब माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्ने उल्लेख छ। 

‘यसरी म्याद थपका लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनुपर्नेछ भन्ने कुरा उल्लिखित हुँदाहुँदै विभागले सूचना जारी गरी विगतमा दिएको म्याद थपको सुविधाहरु कटौती गरेकोमा उद्योगी व्यवसायीहरु मर्कामा पर्ने व्यहोरा अनुरोध छ’, चेम्बरले भनेको छ। 

शिथिल अर्थतन्त्रलाई पुनर्जागरण गराई राजस्वका स्रोतहरु बढाउनुपर्नेमा विभागको पछिल्लो निर्णय आन्तरिक राजस्व नीतिको प्रतिकूल रहेको चेम्बरको ठहर छ। सानो र ठूला कारोबारीहरुबीच हिसाबमिलान गर्नुपर्ने अवस्था समेत रहेको परिपे्रक्ष्यमा विभागको सप्mटवेयर क्षमता अभिवृद्धि गर्नुपर्ने र विगतझैँ आय विवरण दाखिलाको समय साबिकबमोजिम गर्र्नेे व्यवस्था गर्न चेम्बरले माग गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .