नेपाल वायुसेवा निगमले किन्न लागेका जहाजको लागि विभिन्न तीन देशबाट प्रस्ताव आएको छ।
निगम स्रोतका अनुसार साना तीनवटा जहाज खरिदका लागि भारत, क्यानडा र चेक गणतन्त्रका कम्पनीले प्रस्ताव गरेका हुन्।
भारतको हिन्दुस्तान एरोनटिकल लिमिटेड, डी हेभिल्यान्ड क्यानडा र एयरक्राफ्ट इन्डष्ट्रिज चेक रिपब्लिक निगमका जहाज खरिद गर्न इच्छुक भएको स्रोतले नेपालखबरलाई जानकारी दियो।
निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले तीनवटा जहाज खरिदको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।
गत कात्तिक ५ मा एक सूचना जारी गरी सर्ट टेकअफ एन्ड ल्यान्डिङ एयरक्राफ्ट (स्टोल) खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।
निगमले आन्तरिकतर्फ पहाडी गन्तव्यमा उडान भर्न साना जहाज थप्न लागेको हो। यसका लागि करिब ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसका लागि निगमले आन्तरिक स्रोतबाटै रकम जोहो गर्ने योजना बनाएको छ।
Shares
प्रतिक्रिया