ad ad

कारोबार


सुनको मूल्य घट्यो, चाँदीको कति?

सुनको मूल्य घट्यो, चाँदीको कति?

नेपालखबर
पुस २४, २०८० मंगलबार ११:४१, काठमाडौँ

मंगलबार सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँ सस्तो भएको हो। 

योसँगै छापावाल सुन १ लाख १८ हजार ६ सय र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदीको मूल्य भने परिवर्तन भएको छैन। महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कायम छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३७ डलरमा कारोबार भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .