ad ad

कारोबार


एनएमबी बैंकको अध्यक्षमा मनोज कुमार गोयल

एनएमबी बैंकको अध्यक्षमा मनोज कुमार गोयल

नेपालखबर
पुस २६, २०८० बिहिबार २१:२९, काठमाडौँ

एनएमबी बैंक सञ्चालक समितिको अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन्।

बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न २८औँ वार्षिक साधारण सभाले गोयललाई अध्यक्ष चयन गरेको हो।

बैंकका निवर्तमान सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल सञ्चालक समिति सदस्य निर्वाचित भएका थिए।

यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भए। एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो।

साथै, निर्वाचित सञ्चालकको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .