विद्युतीय गाडी कम्पनी ओमोडाले सन् २०२३ डिसेम्बरमा १३ हजार ६७७ वटा ओमोडा ई५ बिक्री गरेको जनाएको छ।
वर्षभरी १ लाख ४७ हजार एकाई बिक्री गरेको ओमोडा ई५ले डिसेम्बरमा सो परिमाणमा सफलता प्राप्त गरेको हो।
कम्पनीका अनुसार गत वर्षको अन्तिम महिनामा, निर्यात बिक्री १३ हजार ६७७ इकाइमा पुग्यो, जुन महिना–दर–महिना १२.६५ को वृद्धि देखाउँदै क्रसओभर एसयूभी खण्डमा उदीयमान प्रतिस्पर्धीको रूपमा ब्रान्डको बलियो प्रदर्शन हो।
गत अप्रिलमा विश्वव्यापी ब्रान्ड–लन्च कार्यक्रममा गरेको ओमोडा ई५ले अक्टोबरमा प्रयोगकर्ता सम्मेलन गरेको थियो।
गएको वर्ष आश्चर्यजनक विस्तारका साथ धेरै अन्तर्राष्ट्रिय मान्यता र पुरस्कारहरूका साथ समापन भएको कम्पनीले स्पष्ट पारेको छ।
सन् २०२३ ओमोडाले उल्लेखनीय सफलता हासिल गरेको वर्ष रहेको कम्पनीको दाबी छ।
विश्वव्यापी रूपमा प्रसिद्ध अनुसन्धान र परामर्श फर्म जेडी पावरद्वारा प्रकाशित ‘२०२३ चाइना प्रारम्भिक गुणस्तर अध्ययन (आईक्यूएस)’ रिपोर्टमा, ओमोडा प्रारम्भिक गुणस्तरको सन्दर्भमा शीर्ष प्रदर्शनकर्ताको रूपमा उभिएको छ।
ब्रान्डले गाइकिन्डो इन्डोनेसिया अन्तर्राष्ट्रिय अटो शो २०२३ मा ‘बेस्ट टेस्ट ड्राइभ एसयूभी’ को उपाधि जित्यो। थप ओमोडाले मलेसियामा धेरै सम्मानित पुरस्कारहरू जित्यो।
यसमा स्टार मिडिया समूहबाट ‘सर्वश्रेष्ठ मिड साइज क्रसओभर कार्लिस्ट एक्स वापकार कोटी २०२३ आवार्ड इडिटर्स च्वाइस फर द वेस्ट ५सिटर एसयूभी र १९औँ मलेसिया कार अफ द इयर अवार्ड २०२३ उत्कृष्ट वारेन्ट समावेश छ।
२०२४ मा, ओमोडा आफ्नो उत्पादन म्याट्रिक्सलाई अझ सुधार गर्न र विश्वव्यापी प्रयोगकर्ताहरूसँगको सहकार्यमा ब्रान्ड इकोसिस्टमलाई बढावा दिन तयार छ।
नयाँ दृष्टिकोणका साथ, ओमोडाले नयाँ कथाहरू सिर्जना गर्न र विश्वव्यापी अटोमोटिभ बजारको उच्च गुणस्तर विकासमा थप योगदान दिन खोजिरहेको जनाएको छ।
नेपालमा एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एन्ड जेइकु अटोमोबाल कम्पनी लिमिटेडको लागि आधिकारिक वितरक हो।
Shares
प्रतिक्रिया