अर्थमन्त्री डा प्रकाशशरण महतले धितोपत्र बोर्डको अध्यक्ष छान्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छन्।
मंगलबार अर्थमन्त्री महतले मन्त्रिपरिषद् बैठकमा बोर्डका अध्यक्ष छान्नका लागि प्रस्ताव लगेका हुन्।
रमेशकुमार हमाल बाहिरिएसँगै बोर्डको अध्यक्षविहीन छ। पुस २० गते रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बाहिरिएका थिए ।
धितोपत्र बोर्डको ऐन अनुसार अध्यक्ष चयनका लागि मन्त्रिपरिषद्ले समिति गठन गर्नुपर्ने व्यवस्था छ। उक्त समितिमा राष्ट्रिय योजना आयोगको अर्थमन्त्रालय हेर्ने सदस्य, अर्थसचिव र एक जना विज्ञ रहने व्यवस्था छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले छनोट समिति गठन गरेसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने छ। बोर्डको अध्यक्ष बन्न ८ जना आकांक्षी छन्।
स्रोतका अनुसार अब अध्यक्ष बन्ने दौडमा बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, कार्यकारीहरु डा. नबराज अधिकारी र कृष्ण पोखरेल, नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउद, तत्कालीन बीमा समिति (हाल बीमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, बोर्डकै पूर्वकार्यकारी अधिकृत निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी छन्।
Shares
प्रतिक्रिया