ad ad

कारोबार


माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण वितरण

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण वितरण

नेपालखबर
माघ १७, २०८० बुधबार १५:३९, काठमाडौँ

माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।

बैंकले बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभूत विद्यालय सिवाई बेल्हा र श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटर वितरण गरेको हो।

यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्लास्थित श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरूलाई पनि न्यानो स्वीटर हस्तान्तरण गरेको छ।

बैंकले विद्यालयहरुसँगको समन्यवमा ती विद्यालयहरूमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै ३१० थान स्वीटर वितरण गरेको जनाएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत देशका सातै प्रदेशहरूमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका अन्य कामहरूमा स्थानीय निकायहरूसँग सहकार्य गर्दै आई रहेको छ।  

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १२७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .