ad ad

कारोबार


सौर्य सिमेन्टद्वारा भक्तपुरमा ‘कन्ट्रयाक्टर मिट’ आयोजना

सौर्य सिमेन्टद्वारा भक्तपुरमा ‘कन्ट्रयाक्टर मिट’ आयोजना

नेपालखबर
माघ १८, २०८० बिहिबार १६:१९, काठमाडौँ

सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा ‘कन्ट्रयाक्टर मिट’ सम्पन्न भएको छ।

स्काई होल्डिङ ग्रुपका सल्लाहकार युवक राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेलको प्रमुख आतिथ्यता रहेको थियो।

कम्पनीका अनुसार निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल तथा शौर्य सिमेन्टका ब्रान्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायत र प्राविधिक प्रमूख दिवश देवकोटा एवम् भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टरहरू सहभागी थिए।

कार्यक्रममा भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

कम्पनीका अनुसार सौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परिक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् सौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यहरुको पनि जानकारी गरिएको थियो।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतले भक्तपुरका बासिन्दाहरुलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुप सँग साझेदारी गरिएको जानकारी दिए।

कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुद्वारा सहजीकरणको अपेक्षा रहेको निर्माण व्यवसायीले बताए।

सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड सिराहा जिल्लाको मिर्चैयामा अवस्थित सौर्य सिमेन्टको उत्पादन क्षमता ४५०० मेट्रिक टन रहेको छ र दैनिक रुपमा ८०,००० बोरा सिमेन्ट उत्पादन गर्दछ।

यो नेपालकै उत्कृष्ट र सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक रहेको छ। कम्पनीले ४३ र ५३ ग्रेड ओपीसी, पीपीसी सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .