नेपाल टेलिकमले दूरगामी प्रभाव पार्ने रणनीतिक आयोजनाहरु अगाडि बढाउने भएको छ।
टेलिकमले मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर, डाटा सेन्टर, अत्याधुनिक तालिम तथा अनुसन्धान केन्द्र, फोरजी विस्तार, फाइभजी परीक्षण, डिजिटल मार्केटिङ, नयाँ भ्यालु एडेड सर्भिस, नमूना टेलिकम सेवा आदिलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने भएको हो।
त्यस्तै सबै राजमार्गहरुमा हाइवे कभरेजलाई थप परिष्कृत तथा गुणस्तरयुक्त बनाइने पनि टेलिकमले जनाएको छ।
यसबाहेक एफटीटीएच विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ भने आईएनओसीलाई अझ बढी परिष्कृत बनाइने भएको छ।
कम्पनीको मोबाइल सेवाअन्तर्गत सञ्चालनमा रहेको मेनेज्ड सर्भिस कार्यलाई व्यवस्थित गरिने तथा नयाँ आरएएन परियोजना कार्यान्वयनका लागि जोड दिइने टेलिकमको भनाइ छ।
परिष्कृत हाई क्यापासिटी एसएमएस सेवाहरु सञ्चालन गरिने टेलिकमले जनाएको छ। विश्व प्रसिद्ध र देश अनुकूल प्रविधिको क्रमशः कार्यान्वयन गरिने पनि टेलिकमले जनाएको छ।
Shares
प्रतिक्रिया